TodayPati

सिरहामा खुन डाँका मुद्दामा जन्मकैद सजाय पाएका फरार मिया जेल चलान

टुडेपाटी-
जनकपुरधाम, पुस १२ गते ।

सिरहामा खुन डाँका मुद्दामा जन्मकैदको सजाय पाएका एक प्रतिवादी पक्राउ परेका छन् । सिरहाको कल्याणपुर नगरपालिका १२ बेल्हा बस्ने वर्ष ५६ का मो. ईब्राहिम मियालाई पक्राउ गरेको सिरहा प्रहरीले जनाएको छ।
फरार रहेका मियालाई गोप्य सूचनाको आधारमा मंगलबार सिरहा नगरपालिका ७ अस्पताल स्थितबाट पक्राउ गरेर बुधबार जिल्ला अदालतमा पेश गरेको थियो ।

खुन डाँका मुद्दामा मियालाई उच्च अदालत जनकपुर राजविराजले १८ पुस २०७५ मा २० वर्ष (जन्मकैद)को सजाय फैसला सुनाएको थियो । अदालतको आदेशमा मियालाई कैद भुक्तानको लागि बुधबार नै कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *