TodayPati

सबैलाका मेयरको खातामा ५० हजार रुपैयाँ जम्मा भएको एसएमएस आएपछि प्रहरीमा उजुरी

टुडेपाटी-
जनकपुरधाम, पुस ११ गते ।

धनुषाको सबैला नगरपालिका मेयर कारीराम यादवको खातामा ५० हजार रुपैयाँ आएपछि उनी प्रहरीमा उजुरी दिएका छन् । आफूलाई बदनाम गर्ने नियतले खातामा पैसा हालेको भन्दै उनले वडा नं. १२ स्थित रहेको फकिरचन्द गामी माध्यमिक विद्यालय, बरकुर्वाका लेखापाल देवकुमार यादव र खाता उपलब्ध गराउने बैंकक कर्मचारी विरुद्ध प्रहरीमा उजुरी दर्ता गराएका हुन् ।

मेयर यादवका अनुसार सबैलाको सिटिजन बैंकको शाखामा रहेको आफ्नो खाता नं. १०४०…..१६१ मा साँझ ५० हजार रुपैयाँ जम्मा भएको म्यासेज मोबाइलमा आएको थियो ।

Sponsored

‘खातामा अचानक शुक्रबार साँझ ५० हजार रुपैयाँ जम्मा भएको म्यासेज मोबाइलमा आएपछि म आश्चर्यमा परे । कसैको मिस्टकेले त आएन । आइतबार बैंकमा गएर बुझ्दा बरकुर्वा माविका लेखापाल देवकुमार यादव र प्रधानाध्यापक बैजुकुमार साहले सो रकम हालेको थाहा पाएँ’ मेयर यादवले भने ‘मेरो खाता नम्बर कहाँबाट आयो भनेर बुझ्दा बैंककै कर्मचारी विनोद भन्नेले दिएका रहेछन् । मलाई बदनाम गर्ने नियतले पो हालेको हो भनेर मैले दुबैजना विरुद्ध उजुरी दिएको छु । छानविन गरेर दोषीलाई कारबाही हुनुपर्छ ।’

सबैला स्थित सिटिजन बैंकका शाखा प्रबन्धक जनक कार्कीले कर्मचारीबाटै ब्यबहारिक रुपमा खाता नम्बर प्रअ र लेखापाललाई उपलब्ध भएको स्वीकार गरे ।

‘गाउँघर हो । फलानोको किस्ता तिर्नु छ, फलानोको पैसा तिर्नु छ भनेपछि हामी ब्यबहारिक रुपमा खाता नम्बर उपलब्ध गराइदिन्छौं’ शाखा प्रमुख कार्कीले भने शुक्रबार प्रिन्सीपल सर र लेखापाल सर आउनु भएको थियो । चिनजानकै भएर उहाँहरुले मेयर साहेबको खाता नम्बर दिनुसन भन्नु भयो । खाता नम्बर यहीबाट पानुभयो । ५० हजार खातामा राखेर जानु भयो । हामी इन्टेसनली दिएको होइन । अब यस्तो पो भयो भनेर थाहा पाएँ । लगतै पैसा हामीले फिर्ता गरेका छौं’

Sponsored

उजरी परेपछि इलाका प्रहरी कार्यालय सबैलेले बुधबार लेखापाल देवकुमार यादवलाई बोलाएको थियो । बदनाम गराउने उद्देश्यले आफ्नो खातामा पैसा हालेको भनेर मेयरले निवेदन दिएको र त्यसकै कारण लेखापाल यादवलाई बोलाएको इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक सुन्दर चौलागाइले बताए ।

पैसा जम्मा गरेको भौचरमा नम्बर प्रअ साहको छ । जम्मा गर्नेमा पहिले प्रअ साहकै नाम उल्ल्ेख गरिएको छ । अन्तमा काटेर माथि लेखापाल देवकुमार यादवको नाम उल्लेख छ ।

मेयर यादवका अनुसार शिक्षकलाई तलब खुवाउने भनेर प्रअसंगै बैंकमा पुगेर खातामा पैसा हालेको स्वीकारको बताए । तर, लेखापाल यादव भने फोन गर्दा उठाएनन् ।

यता प्रअ साहले आफू एउटा महत्वपूर्ण काममा २÷३ दिनदेखि बाहिर रहेको र त्यस विषयमा जानकारी नरहेको दावी गरे । ‘म अहिले एउटा अफिसमा छ । म २/३ दिनदेखि विद्यालयमा छैन । म यो विषयमा अनभिज्ञ छु । विद्यालय पुगेपछि मात्र जानकारी गराउँछु ।’ फोनमा यति बोल्दै उनले थप केही बोल्न मानेन् ।

देशको महत्वपूर्ण पदहरुमा पुगेका व्यक्ति उत्पादन गर्ने यस क्षेत्रको चर्चित विद्यालय बरकुर्वा पछिल्लो समय जर्जर बनेको छ । विद्यालयमा पठन पाठन भद्रगोल भएपछि चालु आर्थिक वर्षको गत साउन महिनादेखि सबैला नगरपालिकाले शिक्षकहरुको तलब रोकेको छ ।

तलब रोकेको कारण बदनाम गर्ने नियतले आफ्नो खातामा पैसा जम्मा गरेर बदनामा गर्न खोजेको मेयर यादवको भनाइ छ । पठन पाठन राम्रो नहुने, भनेको नमान्ने र अख्तियरबाट पनि विद्यालयमा भएको अनियमितता बारे पटक पटक पत्र आउँदा बोलाउँदा पनि प्रअ साह कुनै वास्ता नगरेकाले तलब रोकेको मेयर यादवले बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *