TodayPati

राममन्दिरको प्राण प्रतिष्ठामा कोसेली लैजाने विषयमा जानकी मन्दिरका महन्त र सह महन्तबीच बिबाद

टुडेपाटी-
जनकपुरधाम, पुस ९ गते ।

भारत उत्तर प्रदेशको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठामा कोसेली लिएर नजाने विषयमा मन्दिरका महन्त र सह महन्तबीच नै मतभिन्नता देखिएको छ । सह महन्त रामरोशन दासले दुईदिन अघि पत्रकार सम्मेलन गरी नवनिर्मित राममन्दिरमा जानकी मन्दिरबाट कोसेली जाने बताएका थिए ।

यो विषयमा सोमबार जानकी मन्दिरका मुख्य महन्त रामतपेश्वर दासले आफूसंग कुनै प्रकारको सरसल्लाह नै नगरी सह-महन्त रामरोशनले कोसेली लिएर जाने भनेको संचारकर्मीलाई प्रतिक्रिया दिएका छन् ।

Sponsored

रामरोशनले राममन्दिरको प्राण प्रतिष्ठामा कोसेली व्यवस्थापनका लागि ११ सय सदस्यीय समिति समेत बनाएको बताएका थिए । उनले दिएको जानकारी अनुसार समितिको संरक्षकमा मुख्य महन्त रामतपेश्वर र जनकपुरधामका नगर प्रमुख मनोज साह छन् । तर मुख्य महन्त रामतपेश्वरले आफूसंग सल्लाह नै नगरेको दावी गरे ।

‘राम मन्दिरको प्राण प्रतिष्ठामा कोसेली पठाउन सम्भव छैन् । रामरोषण मेरै शिष्य हो । तर उनले कसरी कोसेली लिएर जाने कुरा गर्यो मलाई थाहा छैन् । जानकी मन्दिरबाट कोसेली जादैन् । सम्भव पनि छैन् ।’

मुख्य महन्त रामतपेश्वरले राम मन्दिरको प्राण प्रतिष्ठामा कडा सुरक्षा हुने भएकाले कोसेली लिएर गएपनि कुनै वास्ता नहुने तर्क गर्दै भने ‘कोसेली लिएर नजान पनि भन्दिनँ । यदि जान्छ भने उसैले जानोस् ।’
जानकी मन्दिरको मुख्य महन्त रामतपेश्वर रहे पनि मन्दिरको प्रायः हरेक काम सहायक महन्त रामरोषणले नै गर्छन् । तर राम मन्दिरको प्राण प्रतिष्ठामा कोसेली पठाउने विषयमा मुख्य महन्त र सहायक महन्तबीच विवाद देखिएको छ ।

Sponsored

लामो संघर्षपछि अयोध्यामा भगवान श्रीरामको विशाल मन्दिर निर्माण भएको छ । मन्दिरको प्राण प्रतिष्ठा जनवरी २२ अर्थात् माघ ८ मा हुँदैछ ।

सम्बन्धित समाचार

अयोध्याको नवनिर्मित राममन्दिरको प्राणप्रतिष्ठामा जानकी मन्दिरबाट उपहार पठाइने

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *