TodayPati

आरती साह मृत्यु प्रकरण : पति मोतीबाबु पुनः जनकपुरबाट पक्राउ, जेलचलान गरिने

टुडेपाटी-
जनकपुरधाम, पुस ९ गते ।

आरती साह मृत्यु प्रकरणमा उनका पति मोतीबाबु साह फेरि पक्राउ परेका छन् । उनलाई धनुषा प्रहरीले करिब ११ जनकपुरधामको सीताचोक स्थित सनुन होटेलबाट पक्राउ गरेको हो ।

पक्राउ परेका मोतीबाबुलाई आवश्यक प्रक्रिया पुर्याएर कारागार चलान गर्ने धनुषाका प्रहरी उपरीक्षक (एसपी) मित्रबन्धु शर्माले जानकारी दिए । उच्च अदालतको आदेशमा रिहा भएका उनलाई गत मंसिर २० गते सर्वोच्च अदालतले पुनः पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको थियो ।

Sponsored

यसअघि १८ असोजमा उच्च अदालत जनकपुरले उनीसहित उनका बुबा मदनमोहनलाई समेत साधारण तारेखमा रिह ागर्ने फैसला गरेको थियो । जिल्ला अदालत धनुषाको फैसला बदर गर्दै उच्च अदालत जनकपुरले पुर्पक्षका लागि थुनामा रहेका आरतीका पति मोतीबाबु र ससुरा मदन मोहन ब्याहुत सुँडीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो । सो आदेशविरुद्धको रिटमा सर्वोच्च अदालतले उच्च अदालतको आदेश आंशिक उल्टाउँदै पति मोतीबाबुलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।

आरती गत जेठ ७ गते जनकपुरधाम उपमहानगरपालिका ९ थापाचोक स्थित आफ्नै घरमा झुण्डेको अवस्थामा मृत भेटिएकी थिइन् । उनलाई परिवारजले उपचारको लागि भन्दै काव्या अस्पताल लगेपछि प्रहरीले थाहा पाएको थियो । माइती पक्षले आरतीको दाइजोको कारण हत्या श्रीमान र ससुराले गरेको आरोप लगाउँदै आएको छ ।

आरतीको हत्या गरेको भन्दै उनका श्रीमान र ससुरालाई कडा कारबाही गर्न माइती पक्षले लामो समयदेखि आन्दोलन गर्दै आएका छन् । आरतीका आमा, बुवा र बहिनी विगत ६ महिनादेखि काठमाडौंमा धर्ना बसेका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *