TodayPati

महोत्तरीको गौशला नगरपालिकाको उपमेयर चढ्ने गाडीमा आगजनी

आदित्य कुशवाहा-
महोत्तरी, पुस ८ गते ।

महोत्तरीको गौशाला नगरपालिकाका उपमेयरको गाडीमा आगजनी भएको छ ।

मोटरसाइकलमा आएका अपरिचित व्यक्तिहरूले उपमेयर रेनु कुमारी महतो चढ्ने गाडीमा पेट्रोल छर्केर आगजनी गरि फरार फरार भएका छन् ।

Sponsored

उपमेयरको घर गौशाला नगरपालिका १ रामनगरस्थित आफ्नै निवास अगाडी पार्किंङ गरी राखेको प्र २ – ००२ – ०००१ झ ०००५ नम्बरको नगरपालिकाको गाडीमा आगजनी भएको हो ।

आगजानी समयमै निभाएपछि क्षति हुनबाट जोगिएको छ । आगजनीबाट गाडीको बायाँ तर्फको पछाडि र अगाडीको टायरमा क्षति पुगेको इलाका प्रहरी कार्यालय गौशालाका इन्सपेक्टर मनोज यादवले बताए ।

घटनास्थलबाट पेट्रोल राख्ने दुई लिटरको बोतल बरामद भएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।

Sponsored

यता उपमेयर महतोले पालिकामा भ्रष्टाचारको विरोध गरेको कतिपय जनप्रतिनिधिलाई नै मन नपरेर मन भडाँस निकाल्न चढ्ने गाडीमा आगो लगाएर धम्क्याउने प्रतिक्रिया जनाईन् । उनले भनिन, ‘भ्रष्टाचार गर्ने र गराउनेको विरुद्धमा हुने हरेक आन्दोलनमा सक्रिय हुन्छु । यो निच काम कसैले गरेको मलाई धम्क्याउन खोजेको भान भैसकेको छ । तर यस्तो हर्कतले भ्रष्टाचार गर्नेहरुको मनोेबल बढ्न दिदिन । थप सशक्त भएर लाग्छु ।’

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *