TodayPati

सिरहा प्रहरीको नियन्त्रणबाट फरार थुनुवा पक्राउ

टुडेपाटी-
जनकपुरधाम, पुस ७ गते ।

सिरहा प्रहरीको नियन्त्रणबाट भागेको थुनुवा पक्राउ परेका छन् । सिरहा प्रहरीले २४ घण्टा भित्रै फरार थुनुवा लहान नगरपालिका २१ बस्ने वर्ष ३० का छोटु सदायलाई पक्राउ गरेको हो ।

गत बिहीबार बालय यौनदुव्र्यबहार आरोपमा पक्राउ परेका सदायलाई शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालय म्याद थपका लागि लगेको बेला हतकडी फस्काएर फरार भएका थिए ।

Sponsored

प्रहरीले व्यापक खोजतलासको क्रममा ईलाका प्रहरी कार्यलय लहान सिरहाबाट सादा पोशाकमाखटिएको प्रहरी टोलिले शनिबार दिउँसो कल्याणपुर नगरपालिका १२ थलहा स्थित लुकेको अवस्थामा पक्राउ गरेको हो । सदायमाथि अनुसन्धान गरिरहेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी रविन्द्र राज पाण्डेले जानकारी दिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *