TodayPati

जकपुरधाममा महिलावादी महिला मञ्च कार्यक्रम अयोजन हुँदै

टुडेपाटी-
जनकपुरधाम, पुस ६ गते ।

जनकपुरधाममा मधेश प्रदेश स्तरी दुई दिवसीय महिलावादी महिला मञ्च कार्यक्रम हुने भएको छ । भोलि (शनिबार) र पर्सी (आइतबार) जनकपुरधामको महेन्द्र नारायण निधी संस्कृति केन्द्रको सभाहलमा कार्यक्रम हुन लागेको हो ।

शनिबार बिहान ८ बजेदेखि सुरु हुने छ । महिला मञ्च कार्यक्रममा पालिकाहरुमा जितेका महिला प्रमुख, उपप्रमुख लगायत जनप्रतिनिधिसंग छलफल, महिलासंग सम्बन्धित संगसंस्था तथा अधिकारकर्मीहरुसंग महिलाको हक अधिकार र अगामी रणनीति विषयमा बहस लगायत कार्यक्रम हुने महिला मञ्चले शुक्रबार जनकपुरधाममा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

Sponsored

“न्याय समानता र पर्यावरणीय अधिकारको सुनिश्चितता ः सामाजिक रुपान्तरण सहितको दिगो विकासमा निश्चितता” मूल नाराकोसाथ हुने यस कार्यक्रममा मधेश प्रदेश भरिबाट ५ सयको संख्यामा सहभागिता हुने महिला मानव अधिकार रक्षक सञ्जालकी केन्द्रीय अध्यक्ष श्याम कुमारी साहले जानकारी दिइन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *