TodayPati

युवा नेता यादवले कुस्ती खेलाडीलाई दिए गद्दा

टुडेपाटी-
जनकपुरधाम, पुस ६ गते ।

नेकपा एसका युवा नेता एवं मधेश प्रदेश दुग्ध विकास बोर्डका सदस्य दिपेन्द्र यादवले कुस्ती खेलाडीलाई हनुमानको गद्दा प्रदान गरेको छ । जनकपुरधामको बल्वाटोलमा आयोजित महाबिर झण्डमा कुस्तीको उपाधि जितेका भारत अयोध्याका कुस्ती खेलाडी राम दास बैष्णवलाई नेता यादवले गद्दा प्रदान गरेको हो ।

झण्डा मेलामा नेपाल भारतका ६ जना महिला खेलाडी र २५ जना पुरुष खेलाडी सहभागि भएका थिए । खेलाडीहरुको मनोबल बढाउन र खुस्ती खेल संरक्षणकालागि विजयी खेलाडीलाई हनुमानको गद्दा प्रदान गरिएको नेता यादवले बताए ।

Sponsored

मेला अविधि चलेको कुस्ती हेर्न दिन्हु जनकपुरको बल्बा टोलमा दर्शकको भिड लाग्ने गरेको थियो । मधेशमा कुस्तीको अखाडा हराउन थालेको समयमा मेला महोत्सवामा आयोजना हुने कुस्ती हेर्न घुइचो लाग्ने गरेको छ

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *