TodayPati

जनकपुरमा रक्तदान गरी सिद्धार्थ बैंकले मनायो २१ औं वार्षिकोत्सव

टुडपाटी-
जकपुरधाम, पस ६ गते ।

सिद्धार्थ बैंकले आफ्नो एकाइसौं वार्षिकोत्सव जनकपुरधाममा रक्तदान कार्यक्रम गरी मनाएको छ । सिद्धार्थ बैंकको जनकपुरधाममा रहेको तीनवटै शाखाले मिल्स एरिया स्थित शाखामा नेपाल रेडक्रस सोसाइटीसँग समन्वय गरी शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

रक्तदान कार्यक्रममा बैंकका कर्मचारी, ग्राहक तथा स्थानीयहरु गरी ५० जनाले रकतदान गरेको जनाएको छ ।

Sponsored

वि.सं. २०५९ सालमा स्थापना भएको सिद्धार्थ बैंकले हाल देशैभर १९६ वटा शाखा, ७३ वटा शाखा रहित बैंकिङ सेवा, २२६ वटा एटीएम सेवा दिँदै आएको छ ।

लगभग दुई दशकको यात्रामा बैंकले वित्तीय एवं अन्य विभिन्न सूचकांकहरुमा उल्लेखनीय प्रगती हासिल गरेको बैंकले दाबी गरेको छ ।

वार्षिकोत्सवको अवसरमा नयाँ नयाँ योजनाहरू लिएर आउनुका साथै नानी बचत खातामा विशेष छुट प्रदान गरिने बैंकले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *