TodayPati

बाल यौन दुर्व्यवहार आरोपमा पक्राउ परेका एक थनुवा सिरहाबाट फरार

टुडेपाटी-
जनकपुरधाम, पुस ६ गते ।

बाल यौन दुर्व्यवहार आरोपमा पक्राउ परेका एक थनुवा सिरहाबाट फरार भएको छ । म्याद थपका लागि जिल्ला सरकारी वकिलको कार्यालय सिरहाको अगाडिबाट हतकडीसहित थुनुवा फरार भएका हुन् ।

आरोपित छोटु सदा दिउँसो १ बजे हतकडीसहित फरार भएको सिरहा प्रहरी प्रवक्ता (डिएसपी) रविन्द्रराज पाण्डेले बताए ।

Sponsored

बाल यौन दुर्व्यवहार आरोपमा सदालाई बिहीबार लहान प्रहरीले पक्राउ गरी हिरासतमा राखेको थियो।
प्रहरीको भ्यानबाट तल ओराल्ने क्रममा सदा हतकडीसहित भागेको डिएसपी पाण्डेले बताए। उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *