TodayPati

धनुषामा प्रहरी हिरासतमै एकजनाको मृत्यु , प्रहरीले चलाएको गोली लागेर एकजना घाइते

टुडेपाटी-
जनकपुरधाम, पुस ६ गते ।

समातेर ल्याएका एकजनाको इलाका प्रहरीमै मृत्यु भएको छ । धनुषाको हंसपुर नगरपालिका स्थित इलाका प्रहरी कार्यालय सुगानिकासमा गए राति स्थानीय अन्दाजी ४५ वर्षीय दीपनारायण मणडलको मृत्यु भएको हो ।

प्रहरीले कुटपिट गर्दा मृत्यु भएको भन्दै बिहानैदेखि स्थानीय आक्रोशितले प्रहरीले इलाकामाथि ढुंगामुढा गरेका छन् । त्यस क्रममा प्रहरीले चलाएको गोली लागेर स्थानीय शंकर मण्डल घाइते भएका हुन् । उनको एउटा हातमा गोली लागेको हंसपुरका कार्यपालिका सदस्य राजेश सक्सेनाले जानकारी दिए ।

Sponsored


केही हवाई फायर गरिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले बताए । मृतक र घटनाको विषयमा विस्तृत विवरण नआएको र आफू पनि घटनास्थल पुग्न लागेको उनले बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *