यस कारण काँग्रेसको प्रथम मधेश सम्मेलनमा दर्शकदीर्घामै बसे निधि
टुडेपाटी-
जनकपुरधाम, पुस ५ गते ।
मर्यादाक्रम मिचेको भन्दै काँग्रेसका पूर्व उपसभापति एवं प्रतिनिधिसभा सदस्य बिमलेन्द्र निधिले प्रथम मधेश सम्मेलनमा मञ्च बहिष्कार गरेका छन् ।
सभापति शेरबहादुर देउवा उदघाटन गरेको उदघाटन सत्रको मञ्च बहिस्कार गरेका हुन् ।
तिरहुतिया गाछीमा भएको उदघाट सत्रमा निधिलाई धेरैपछि आशन ग्रहण गर्न उद्घोषक प्रदेश महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठले आग्रह गरेपछि उनी दर्शक दिर्घाबाट मञ्चमा गएनन् । उनी दर्शकदीर्घामै बसेर कार्यक्रममा सहभागी छन् ।
यसै सम्मेलनमा बरिस्ठ नेता शेखर कोइरालाई विशिष्ट अतिथिमा नबोलाएपछि उनी आएनन् ।
Sponsored