अन्तरविद्यालय क्रिकेट : सेमिफाइनको समिकरण पुरा
टुडेपाटी-
जनकपुरधाम, पुस ५ गते ।
जनकपुरधाममा जारी दोस्रो अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । रजौलस्थित रामजानकी बहुउद्देश्य अन्तराष्ट्रिय क्रिकेट रंगशालामा भइरहेको प्रतियोगितामा एरे इन्टरनेशनल स्कुल, सिद्धार्थ शिशु सदन, मिथिला इन्सटिच्यूट अफ टेक्नोलोजी (मिट) र मदर ट्रेशा पब्लिक स्कुल क्वाटर फाइनलमा जित हासिल गर्दै सेमिफाइनलमा पुगेको हो ।
विहीबार भएको तेस्रो क्वाटर फाइनल खेलमा मदर ट्रेशाले ओम इन्टरनेशनल स्कुललाई ७८ रनले पराजित गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेका मदर ट्रेशाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय २७ रनको लक्ष्य प्रतिद्धन्धी टिम ओम इन्रनेशनल समक्ष प्रस्तुत गरेका थिए ।
मदर ट्रेशाका लागि युवराज शर्माले ५३ बलमा ३१ रन, बजरंगी साहले ३१ बलमा २६ रन र किशन साहले १३ बलमा १३ रन टिमको लागि जोडेका थिए । यस टिमका अन्य ब्याट्स म्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
ओम इन्टरनेशनलका लागि बलिङ गरेका विवेक मण्डलले २, राधे ऋषिले २, शाहिल अन्सारी र वारिस मन्सुरीले एक÷एक विकेट लिएका थिए । जवाफी ब्याटिङका लागि उत्रेका ओमका खेलाडीह? ११ ओभर ३ बलमै सबै विकेट गुमाएर मात्र ४८ रन बनाउन सके । यस टिमको कमजोर ब्याटिङ देखिएको थियो । शाहिल अन्सारीले १३ बलमा १७ रन र शिवम यादवले ११ बलमा ११ रन मात्रै बनाए । यस टिमका लागि अन्य ब्याट्स म्यानले सम्मानजनक रन बनाउन सकेनन् ।
मदर ट्रेशाका लागि बलिङ गरेका किशन साहले तीन, सुमित यादवले दुई, मनिष मण्डल, बिनम्र कुमार र युवराज शर्माले एक÷एक विकेट लिएका थिए । यस खेलका म्यान अफ द म्याच मदर ट्रेशाका किशन साह घोषित भएका थिए ।
Sponsored
यस्तै, चौथौं क्वाटर फाइनल खेलमा ऐरे इन्टरनेशनल स्कुलले मोर्डन इङ्गलिश बोर्डिङ स्कुललाई ४८ रनले पराजित गरेको हो । टस जितेर पहिला ब्याटिङ राजेका ऐरेका खेलाडीह? निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ५८ रनको लक्ष्य प्रतिद्धन्धी टिम समक्ष प्रस्तुत गरेका थिए ।
ऐरेका लागि शाहिल राइनले उत्कृष्ट ब्याटिङ गरेका थिए । उनले पाँच चौका र दुई छक्काको मद्दतले ३६ बलमा ५२ रनको योगदान दिए । यसै टिमका लागि ?पेश ठाकुर नटआउट १६ बलमा १९ रन, अयुग शर्माले २१ बलमा १८ रन र युवराज साहले १६ बलमा १४ रन बनाएका थिए ।
मोर्डन इङ्गलिशका लागि बलिङ गरेका शिवम पञ्जियारले तीन, पिन्टु यादव र अभिषेक यादवले एक-एक विकेट लिएका थिए । जवाफी ब्याटिङमा उत्रेका मोर्डन इङ्गलिशका खेलाडीह? १६ ओभर ३ बलमा सबै विकेट गुमाएर मात्र एक सय ९ रन बनाउन सकेका थिए । यस टिमका लागि विशाल साहले २५, आयुष पञ्जियारले १६ र आयुष खड्काले १२ रन बनाएका थिए । यस टिमका अन्य ब्याट्स म्यानले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् ।
ऐरेका लागि बलिङ गरेका अकाश ठाकुर, ?पेश ठाकुर र शाहिल राइनले तीन÷तीन विकेट लिएका थिए । यस खेलका म्यान अफ द म्याच शाहिल राइन घोषित भएका थिए । विजयी भएका चारै टिम शुक्रबार फाइनलमा पुग्न प्रतिस्पर्धा गर्ने छन् । यस प्रतियोगिताको फाइनल खेल शनिबार हुने आयोजक संंस्थाले जनाएको छ ।