TodayPati

अहिले जस्तै भोलिको दिनमा काँग्रेसलाई ठूलो पार्टी बनाउनु होला : देउवा

टुडेपाटी-
जनकपुरधाम, पुस ५ गते ।

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिलेजस्तै भोलिका दिनमा पनि देशको सबैभन्दा ठूलो पार्टी बनाउन नेता–कार्यकर्तालाई आग्रह गरेका छन् ।

जनकपुरमा आयोजित कांग्रेसको मधेश प्रदेशको सम्मेलनको उदघाटन सत्रलाई सम्बोधन गर्दै उनले अर्को पटक कांग्रेसको पुर्ण रुपमा सरकार बन्न सक्नेगरी स्थापित गर्न आग्रह गरे ।

Sponsored

‘समानुपातिक समावेशी प्रणाली भएकाले कसैको पनि बहुमत आउने सम्भावना धेरै कम हुन्छ,’ देउवाले भने, ‘हाम्रो पार्टीमा अन्तरघात गर्ने ठूलो रोग लागेको छ । त्यसलाई मुक्त गर्न यो पार्टीलाई भरसक बहुमत प्राप्त गर्ने पार्टीका रुपमा स्थापित गर्नुहलोला । नेतालाई सहयोग गर्नुहोला । यो काम पनि मधेशबाट अघि बढ्न लागेको छ ।’ करिब चार घण्टा चलेको उदघाटन सत्रमा देउवाले प्लेन उड्न लागेको भन्दै तीन मिनेट मात्रै बोले ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *