TodayPati

जनकपुरमा जारी अन्तर विद्यालय टी–२० क्रिकेटको सेमिफाइनलमा सिद्धार्थ र मिट

टुडेपाटी-
जनकपुरधाम, पुस ४ गते ।

जनकपुरधाममा जारी अन्तर विद्यालय टी–२० क्रिकेट प्रतियोगितामा दुई टिम सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । रजौलस्थित रामजानकी अन्तर्राष्ट्रिय बहुउद्देशिय रंगशालामा बुधबार भएको खेलमा सिद्धार्थ शिशु सदन र मिथिला इन्सटिच्यूट अफ टेक्नोलोजी (मिट) जित हासिल गर्दै सेमिफाइनल यात्रा तय गरेको हो ।

बुधबार भएको पहिलो (क्वाटर फाइनल खेल)मा मिट ५१ रनले ओम आरसीएसलाई पराजित गरेको हो । टस जितेर पहिला ब्याटिङ गरेका मिटले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ४१ रनको लक्ष्य ओम आरसीएस समक्ष प्रस्तुत गरेका थिए । मिटका लागि मनोहर शर्माले उत्कृष्ट ब्याटिङ गर्दै अर्ध शतक बनाएका थिए । उनले ६ चौकाको मदतले ५७ बलमा ५८ रनको योगदान थिए । शर्मा बाहेक मिटका अन्य ब्याट्स म्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

Sponsored

ओम आरीएसका लागि बलिङ गर्दै सोनु यादव र प्रभाकर कुंवरले तीन÷तीन विकेट लिए भने साहिद राइन र शिवा मण्डलले एक÷एक विकेट लिएका थिए । यस्तै, एक सय ४१ रनको लक्ष्य पञ्छियाउँदै जवाफी ब्याटिङमा उत्रेका १४ ओभर ३ बलमा सबै विकेट गुमाएर मात्र ९० रन बनाउन सके । यस टिमका लागि शनि मण्डलले सार्वधिक २० बलमा ३० रन बनाए पनि अन्य ब्याट्स म्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

मिटका लागि बलिङ गरेका प्रशान्त यादवले तीन, आदित्य यादव दुई, अपुर्वले दुई र आदित्य साहले एक विकेट लिएका थिए । यस खेलको म्यान अफ द म्याच मिटका मनोहर शर्मा घोषित भएका थिए ।
यस्तै, दोस्रो (क्वाटर फाइनल) खेलमा सिद्धार्थले धनुषा पब्लिक स्कुललाई ४७ रनले पराजित गरेको हो । सिद्धार्थले टस जितेर पहिला ब्याटिङ गरेका थिए । सिद्धार्थका खेलाडीहरु २० ओभरमा आठ विकेट गुमाएर एक सय ७३ रनको लक्ष्य धनुषा पब्लिकसमक्ष प्रस्तुत गरेका थिए । सिद्धार्थका लागि मुकेश यादवले उत्कृष्ट ब्याटिङ गर्दै आठ चौकाको मद्दतले ४० बलमा ४८ रनको योगदान दिए । सिद्धार्थका ओपनर ब्याट्स म्यानले ७१ रनको साझदारी गरेका थिए । सिद्धार्थका लागि रदित्य यादवले २२ र अनिश रोहिताले टिमका लागि २६ रन जोडेका थिए ।

धनुषा पब्लिकका लागि बलिङ गरेका पिन्टु साहले चार विकेट लिए । उनले चार ओभरमा मात्र २४ रन खर्चेका थिए । यस्तै धनुषा पब्लिकका अलराउण्डर रविशंकर यादवले पनि दुई विकेट लिएका थिए । एक सय ७३ रनको लक्ष्य पञ्छियाएका धनुषा पब्लिकले ९ विकेट गुमाएर मात्र एक सय २५ रन बनाउन सके । यस टिमका लागि रवि शंकर यादवले ३६ र इरसाद हुसैनले २१ र मनिष कापरले १३ रन बनाएका थिए ।

Sponsored

सिद्धार्थका लागि बलिङ गरेका ब्रजेश यादवले चार ओभरमा मात्र १५ रन खर्चेर चार विकेट र मुकेश यादवले दुई विकेट लिएका थिए । यस खेलको म्यान अफ द म्याच मुकेश यादव घोषित भएका थिए । विहीबार दुई क्वाटर फाइनल खेल हुने आयोजक संस्थाका अध्यक्ष आशिष झाले जानकारी दिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *