TodayPati

सिरहामा करिब ५ कठ्ठामा लगाइएको गाँजा खेती नष्ट

टुडेपाटी-
जनकपुरधाम, पुस ५ गते ।

सिरहामा लुकिचोरी करिब पाँच कठ्ठामा लगाएको अवैध गाँजा खेती प्रहरीले फडानी गरी नष्ट गरेको छ ।

बुधबार सिरहाको कर्जन्हा नगरपालिका ५ प्रहरी चौकी कर्जन्हा सिरहाबाट खटेको प्रहरी टोलिले बिभिन्न स्थानहरुमा लगाएको करिब ५ कठ्ठा गाँजा खेती फडानी गरेको हो ।

Sponsored

करिब ५ कठ्ठामा लगाएको अन्दाजी ४ हजार गाँजाको बोट फडानी गरी नष्ट गरेको सिरहाका प्रहरी प्रवक्ता रविन्द्र राज पाण्डले जानकारी दिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *