TodayPati

उखुको मूल्य निर्धारण : प्रतिक्वीन्टल ५६५ रुपैयाँ

टुडेपाटी-
जनकपुरधाम, पुस ४ गते ।

सरकारले उखुको खरिद मूल्य निर्धारण गरेको छ । बुधबार बसको मन्त्रिपरिषद् बैठकले उखुको खरिद मूल्य प्रतिक्वीन्टल ५६५ रुपैयाँ निर्धारण गरेको हो ।

अनुदानसहित भने किसानले प्रति क्वीन्टल ६३५ रुपैयाँ पाउने सञ्चारमन्त्री रेखा शर्माले बताइन् ।

Sponsored

अब उद्योगहरूले प्रति क्विन्टल ५६५ रुपैयाँका दरले उखु खरिद गर्ने र सरकारले किसानलाई थप ७० रुपैयाँ अनुदान दिने उनले जानकारी दिइन् । यसरी किसानले पाउने मूल्य प्रति क्विन्टल ६३५ रुपैयाँ हुनेछ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *