TodayPati

बारामा बस र ट्रक जुध्दा दुबै चालकसहित तीन जनाको मृत्यु, २७ घाइते

टुडेपाटी-
जनकपुरधाम, पुस ४ गते ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको अमलेखगञ्जमा बस र ट्रक एक आपसमा ठोक्किँदा दुई चालकसहित तीनजनाको मृत्यु भएको छ । अन्य २७ जना घाइते भएका छन् ।

बारा प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले जानकारीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा ट्रक चालक तनहुँ घर भएका २८ वर्षीय पूर्ण गुरुङ, मकवानपुर हेटौंडाका बस चालक ४० वर्षीय हरि शम्शेर र अर्का एक पुरुष छन् ।

Sponsored

आज बिहान झापाको काँकडभिट्टाबाट काठमाडौं जाँदै गरेको बा ३–००१ ख २५८७ नम्बरको बस र हेटौँडाबाट पथलैयातर्फ आउँदै गरेको ना ७ ख ७३०० नम्बरको ट्रक आज ३ नम्बर पुलमा ठोक्किएर दुर्घटना भएको हो ।

उनीहरुको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घाइतेहहरूको हेटौँडा अस्पताल र पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *