TodayPati

वीरगञ्जबाट ७६ कार्टुन कुखुराका चल्ला बरामद गरी नष्ट

टुडेपाटी-
जनकपुरधाम, पुस ३ गते ।

भारतबाट तस्करी गरी ल्याइएका पाँच लाख बराबरको कुखुराका चल्ला बरामद गरी प्रहरीले नष्ट गरेको छ ।

सशस्त्र प्रहरीले मंगलबार बिहान वीरगन्ज महानगरपालिका वडा नम्बर ३२ टेढास्थित रामबन सडक खण्डबाट ७६ कार्टुन चल्ला बरामद गरी नष्ट गरेको हो ।

Sponsored

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साबाट खटिएको टोलीले ७६ कार्टुन चल्ला बरामद गरेको थियो ।

कुखुरा फार्ममा अवैध रूपमा लुकाई छिपाई राखिएको प्रतिबन्धित ब्रोईलर कुखुराको ७ हजार ६ सय गोटा चल्लालाई नेपाल प्रहरी, पशु क्वारेनटाइन, स्थानीय सञ्चारकर्मी एवं बुद्धिजीवीको रोहबरमा खाल्टो खनेर नष्ट गरिएको छ ।

ती चल्लाहरू लगभग ५ लाख बराबरको रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *