TodayPati

राम र जानकीको विवाह सम्पन्न, आज रामकलेवा गरिँदै

टुडेपाटी-
जनकपुरधाम, पुस २ गते ।

सप्ताहव्यापी सीताराम विवाहपञ्चमी अन्तर्गत आईबार राति राम र सीताको विवाह सम्पन्न भएको छ । जानकी मन्दिरमा बनाइएको विवाह मण्डप (मरबा) मा मैथिली परम्परा अनुसार सीता र रामको विवाह भएको हो । साँझदेखि चलेको विवाहको विधि रातभरि चलेको थियो । विवाह अघि आईतबार दिउँसो राम र जानकीको डोला फेर गरी बाह्रविघा मैदानमा स्वयम्वर गरि नगर परिक्रमा गरेको थियो । दुवै डोला जानकी मन्दिर पुगेपछि विवाहको काज सुरु भएको थियो ।

विवाहपञ्चमीको अन्तिम दिन आज साधुशन्तलाई जानकी मन्दिर परिसरमा मिस्टान परिकार भोजन गराएर विदाई गरिनेछ । साधुशन्तलाई जानकी मन्दिर प्रांगणमामा दिउँसो ५६ व्यञ्जन मिस्टान परिकार भोजन गराई , गाली गीतले स्वागत गर्ने कार्यक्रम रहेको जान्दिरका सह महन्त रामरोशन दास बैष्णवले जानकारी दिए । यो परम्परालाई रामकलेवा भनिन्छ । जन्तीका रुपमा आएका साधुशन्तलाई चादर, कम्बल र दक्षिना स्वरुप केहि रुपियाँ पैसा दिएर भव्य स्वागत गरि विदाई गर्ने प्रचलन छ ।

Sponsored

यस दिनमा राम सीता ,लक्ष्मण र भरत सत्रुधनको रुपमा बालबालिकालाई सजाएर मिठो भोजन गराउनुको साथै उनीहरुको पनि विदाई गर्ने प्रचलन छ । रामकलेवामा हुने सांस्कृतिक कार्यक्रम हेर्न जानकी मन्दिर परिसरमा भीड लाग्ने गर्दछ ।

त्रेता युगमा मर्यादा पुरुषोत्तम भग्वान राम र आदर्श नारी सीता बीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष जनकपुरा सातदिनसम्म रामजानकी विवाहपञ्चमी मोत्सव भव्यताको साथ मनाइन्छ । २६ गतेदेखि सुरु भएको सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको पहिलो दिन नगरदर्शन, दोश्रोदिन फुलवारी लिला, तेश्रो दिन धनुषा यज्ञ, चौथो दिन तिल्कोत्सव, पाँचौदिन मटकोर, छैटो दिन विवाहपञ्चमी र सातौं अतर्थात अन्तिम दिन रामकलेवा गरी सम्पन्न हुने गर्दछ । सीता र रामको स्वयम्वर र विवाहसम्पन्न भएपछि जनकपुर आएका लाखौं दर्शनार्थी घर फर्कन थालेका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *