जानकी मन्दिरमा वैदिक परम्परा अनुसार राम र जानकीको विवाह हुँदै
टुडेपाटी-
जनकपुरधाम, पुस १ गते ।
जनकपुरधाममा आज सीताराम विवाहपञ्चमीको उल्लास छ । जनकपुरधामको जानकी मन्दिरमा वैदिक परम्परा अनुसार भगवान राम र जानकीको विवाह हुँदै छ । आज साँझदेखि जानकी मन्दिर प्रांगणमा बनाइएको मरवामा विवाहको काज चलिरहेको छ । विवाहको विधि परम्परा रातभर चल्ने छ ।
सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको मुख्यदिन आज त्रेया युगमा भए जसतै राम र जानकीको विवाह गर्ने प्रचलन छ । आज दिउँसो एतिहासिक रंगभूमि मैदान बाह्रविघामा राम र जानकीको स्वयम्बर गरिएको थियो ।
दिउँसो साधुशन्तको अगुवाइमा झाँकी किर्तण सहित राम मन्दिरबाट भगवान रामको डोला र जानकी मन्दिरबाट जानकीको डोला निस्केर ऐतिहासिक बाह्रविघा रंगभूमि मैदान पुगेर भव्य रुपमा स्वयम्बर भएको हो ।
ढोल पिपही, सहनाई, बैण्ड बजा र पञ्चेबाजासहित निस्किने दुवै डोला वाह्रविघा मैदानमा मिलन भएपछि वैदिक परम्परा अनुसार मालाफेर गरी राम र जानकीको स्वयम्वर गर्ने प्रचलन छ ।
डोला र स्वयम्बरको दर्शन गर्न जानकी मन्दिरदेखि बाह्रविघामैदानसम्म खचाखच दर्शनार्थीको भीड थियो । वयम्बरको बेला हेलिकप्टरबाट पुष्पवृष्टि पनि गरिएको छ ।
स्वयम्बर पश्चात दुबै डोलालाई नगरपरिक्रमा गराई जानकी मन्दिरमा पुर्याएपछि साँझदेखि विवाहको काज चलिरहेको छ । भोलि राम कलेवा गरि सप्ताहव्यापी विवाहपञ्चमी सम्पन्न हुनेछ