मधेश प्रदेशः माटोको ढिस्कोमा पुरिएर एकजनाको मृत्यु
टुडेपाटी–
जनकपुरधाम, पुस १ गते ।
माटोको ढिस्कोमा पुरिएर सप्तरीमा एकजनाको मृत्यु भएको छ ।
आइतबार बिहान साढे ९ बजेको समयमा अग्निसाईर कृष्णसावरण गाउँपालिका ४ बनौली टोल बस्ने ४२ वर्षीय पर्शुराम यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
नदिको किनारमा पुजा गर्नको लागि माटो खन्ने क्रममा माटोको ढिस्काले पुरी घाईते भएका यादवलाई छिन्नमस्ता अस्पताल राजविराज सप्तरीमा उपचारका क्रममा मध्यान्ह पौने ४ बजे मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ढुण्डिराज नेउपानेले जानकारी दिए ।