जनकपुरबाट १८ जना पाकेटर पक्राउ
टुडेपाटी-
जनकपुरधाम, पुस १ गते ।
जनकपुरमा विवाहपञ्चमी मेलामा पाकेटमारी तथा अबान्छित गतिविधि गर्ने १८ जनालाई प्रहरीले पक्राउ गरेको छ । भीडभाडको मौकाछोपी श्रद्धालुभक्तजनको पाकेट मार्ने तथा दुव्र्यबहार गर्ने १८ जनालाई नियन्त्रणमा लिएको हो ।
दिउँसो १ बजेसम्म त्यति संख्यामा पाकेटमार पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।
उनीहरुलाई जनकपुरधाम स्थित गोपाल धर्मशालामा प्रहरी यनिट स्थापना गरी राखिएको छ । उनीहरुमाथि आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकोक छ ।