बलात्कार आरोपमा माओवादी नेता पक्राउ
टुडेपाटी–
काठमाडौं, पुस १ गते ।
बलात्कार आरोपमा प्रहरीले गोरखाका माओवादी नेता भूमिनन्द देवकोटालाई पक्राउ गरेको छ ।
प्रहरी वृत्त, बानेश्वरमा परेको जाहेरीका आधारमा देवकोटालाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्रीले बताए ।
काठमाडौं–३२, पेप्सिकोलास्थित देवकोटाको घरमा पहिले बसेकी १७ वर्षीया किशोरीले प्रहरी कहाँ देवाकोटाविरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।
आफ्नै संरक्षणमा राखेर एक वर्षदेखि देवकोटाले जबरजस्ती करणी गर्दै आएको जाहेरीमा भनिएको छ । पछिल्लो समय २६ भदौ २०८० मा उनले करणी गरेको जाहेरीमा उल्लेख छ ।
सोही किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पेप्सिकोला बस्ने २७ वर्षीय दिपेश नेपालीलाई पनि पक्राउ गरेको छ ।
Sponsored
प्रहरी वृत्त, बानेश्वरका डीएसपी शिवराज बुढाथोकीका अनुसार, देवकोटा र नेपालीले फरकफरक समयमा बलात्कार गरेको छुट्टाछुट्टै जाहेरी प्रहरी कहाँ छ । प्रहरीका अनुसार, नेपाली पीडितका प्रेमी हुन् ।
जिल्ला अदालत, काठमाडौंबाट दुवै जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिएर छानबिन भइरहेको प्रहरीले जनाएको छ ।
पीडितलाई स्वास्थ्य जाँचपछि संरक्षण गृहमा राखिएको छ ।