TodayPati

आज धुमधामसित विवाहपञ्चमी मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक बिदा

टुडेपाटी-
जनकपुरधाम, पुस १ गते ।

आज जनकपुरधाममा धुमधामसित सीताराम विवाहपञ्चमी महोत्सव मनाइँदै छ । मंसिर शुक्ल पञ्चमी तिथिका दिन त्रेता युगमा भगवान राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा आज धुमधामसित विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ ।

प्रत्येक वर्ष सप्ताहव्यापी रुपमा मनाइँने विवाहपञ्चमी महोत्सवमा राम र सीताको विवाह गर्ने प्रचलन छ । त्रेता युगमा जुन प्रकारले राम र सीताको विवाह प्राचिन मिथिलाको राजधानी जनकपुरमा भएको भन्ने गरिन्छ, त्यसरी नै वर्तमानमा समेत राम जानकीको डोलालाई जनकपुरमा स्वंम्बर गरि वैदिक परम्परा अनुसार विवाह गर्ने प्रचलन छ ।

Sponsored

आज दिउँसो साधुशन्तको अगुवाइमा झाँकी किर्तण सहित राम मन्दिरबाट भगवान रामको डोला र जानकी मन्दिरबाट जानकीको डोला निस्केर ऐतिहासिक बाह्रविघा रंगभूमि मैदान पुगेर स्वयम्वर गरिने छ । ढोल पिपही, सहनाई, बैण्ड बजा र पञ्चेबाजासहित निस्किने दुवै डोला वाह्रविघा मैदानमा मिलन भएपछि वैदिक परम्परा अनुसार मालाफेर गरी राम र जानकीको स्वयम्वर गर्ने प्रचलन छ । डोलाको दर्शन र रामसीताको सोयमम्बर हेर्न बाह्रविघा मैदानमा हजारौंको संख्यामा दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ ।


महोत्सवमा सहभागि हुन देशका विभिन्न स्थान तथा छिमेक देश भारतबाट आएका लाखौंको दर्शनार्थीले जनकपुर खचाखच भरिएको छ । दर्शनार्थी आउने क्रम जारी नै रहेको छ । विवाहपञ्चमीलाई मध्यनजर गर्दै जनकपुरमा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सप्ताहव्यापी विवाहपञ्चमीको पाँचौ दिन हिजो राम र जानकीको मटकोर गरिएको थियो । मंसिर २६ गतेदेखि सुरु भएको विवाहपञ्चमी भोलि जन्तीक‍ रुपमा आएका साधुशन्तको बिदाई गरि विधिवत समापन हुनेछ । अन्तिम दिनलाई रामकलेवा भनिन्छ ।

Sponsored


मधेश प्रदेशमा आज सार्वजनिक बिदा

विवाहपञ्चमीको अवसरमा मधेश प्रदेशमा आज सार्वजनिक विदा रहेको छ । प्रदेश सरकारले विवाहपञ्चमीको अवसरमा एक दिनको बिदा क्यालेन्डरमा छुट्याएको छ । जुन राजपत्रमा समेत प्रकाशित छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *