TodayPati

जनकपुरमा ८५ क्विन्टल अनाजबाट ११ हजार स्कवायर फिटको सीताराम स्वयम्बर प्रतिमा निर्माण

टुडेपाटी

जनकपुरधाम, मंसिर ३० गते ।

सीताराम विवाहपञ्चमी महोत्सवलाई लक्षित गरी जनकपुरधाममा अन्नबाट ११ हजार स्क्वायर फिटको राम जानकी स्वयम्बरको प्रतिमा निमार्ण गरिएको छ । विवाहपञ्चमीलाई विश्वमा चिनाउन र विश्व रेकर्डका ८५ क्वीन्टल अन्नबाट ऐतिहासिक रंगभूमि मैदान बाह्रविघामा प्रतिमा निर्माण गरिएको हो ।

Sponsored

विश्व रेकर्ड कायम गरी जनकपुरलाई पर्यटन प्रवद्र्धन तथा व्यवसाय फस्टाउन प्रतिमा निर्माण गरिएको जनकपुर उद्योगा बाणिज्य संघका उपाध्यक्ष अम्भु प्रसाद साहले बताए ।

अन्नबाट स्वंम्वरको प्रतिक स्वरुप राम र सीताको प्रतिमा बनाइएको छ । उत्तर छेउमा रामका गुरु विश्वामित्र र दक्षिण छेउमा जानकीका बुबा जनकको प्रतिमा निर्माण गरिएको हो । प्रतिमामा रंग अनुसारकै अन्नको प्रयोग गरिएको छ । चामल, गहुँ, सोयाबिन, बदामm, उरिद दाल, चना दाल, रहर दाल, मसुर दाल, मकै, बदामी, मुंग दालको प्रयोग गरि प्रतिमा निर्माण गरिएको हो ।

हालसम्म प्रतिमा निर्माणमा १० लाखको अन्न र अन्य व्यवस्थापन गरी २० लाख बढी रुपैयाँ खर्च भएको जउवा संघका उपाध्यक्ष साहले बताए ।

Sponsored

यो अन्नको प्रतिमा विश्वमै सबभन्दा ठूलो भएको दावी गरिएको छ । यसअघि भारतको अयोध्यामा बनेको १० हजार ८०० स्क्वायर फिटको मूर्तिले गिनिज बुकमा नाम दर्ज गराई सकेको छ ।

जनकपुरकै चेली गुणगुण मिश्राको आग्रहमा लजनकपुर उद्योग बाणिज्य संघको आयोजन तथा जनकपुरधाम उपमहानगरपालिकाको समन्वयमा विश्वकिर्तिमान कायम गर्ने प्रयास गरेको हो ।

भारतको उत्तरप्रदेशका कलाकार शतिस गुर्जरको नेतृत्वमा १८ जना कालिगढहरु र जनकपुरका ४ गरी १२ जना कालिढहरुले सातदिन लगाएर प्रतिमा निर्माण गरेका छन् ।

यसको लागि जनकपुर उद्योग बाणिज्य संघ र जनकपुरधाम उपमहानगरपालिकाले चन्दा संकलन गरेको छ ।

विवाहपञ्चमी सकिएपछि अन्न असहाय, विपन्न, अनाथ आश्रम, मनाव सेवाआश्रममा वितरण गरिने प्रतिमा निर्माण समितिका अध्यक्ष समेत रहेका जनकपुर उद्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले बताए ।

सप्ताहव्यापी विवाहपञ्चमीको आज पाँचौदिन राम र जानकीको मटकोर मनाइँदै छ । भोलि जनकपुरमा सीताराम विवाहपञ्ची महोत्वसको मुख्यदिन स्वयम्बर र विवाह रहेको छ । लाखौं श्रद्धालुभक्तजन जनकपुर आउने क्रम जारी रहेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *