TodayPati

मधेश प्रदेशः लागूऔषधसहित एकजना पक्राउ

टुडेपाटी–
सर्लाही, मंसिर २९ गते ।

सर्लाही प्रहरीले प्रतिबन्धित लागूऔषधसहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको सीतामढी जिल्ला ग्राम ईन्दर्वा वडा नं. १५ बस्ने २० वर्षीय बंशलाल यादव रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Sponsored

सर्लाहीको ब्रह्मपुरी गाउँपालिका ५ ब्रहम्पुरीमा भारतबाट ल्याएको लागु औषध विनसेरेक्स बिक्री बितरण गर्दै छ भन्ने सुचनाको आधारमा प्रहरी टोली उक्त स्थानमा पुगी मोटरसाइकल रोकी चेकजाँच गर्दा भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार यादवलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनको साथमा रहेको बोरा खोली हेर्दा प्रतिबन्धित लागु औषध विनसेरेक्स १०० एमएलको २२० बोतल र सोही स्थान नजिक बागमती प्रदेश २–०२२ प ३७९७ र मधेश प्रदेश ०२–००७ प १२७९ नम्बरको मोटरसाइकल समेत संकास्पद अवस्था फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *