TodayPati

धनुषामा ६ वर्षीया बालिकाको बलात्कार गरी हत्या, खाल्डोमा भेटियो शव

टुडेपाटी-
जनकपुरधाम, मंसिर २९ गते ।

धनुषमा २४ घण्टादेखि हराइरहेकी एक बालिकाको बलात्कार गरी हत्या भएको छ । धनुषाको सबैला नगरपालिका ९ कुसमहा सतोखरकी ६ वर्षीया बालिका राखी यादवको बलात्कार गरी निर्ममतापूर्वक हत्या भएको हो ।

बालिकाको शव नग्न अवस्थामा स्थानीय सतोखर पोखरी नजिक खाल्डोमा जमेको पानीमा बिहीबार राति ७ बजे फेला परेको हो । कपडा भने छेउमा फालिएको छ ।
सबैला नगरपालिकाका मेयर कारीराम यादवका अनुसार शवको प्रकृतिले कसैले जवरजस्ती करणी गरेरै मारेर फालेको जस्तो देखिएको छ । योनीबाट रगत बगेको र स्तनको एक भाग पनि काटिएकाले बलात्कार गरी हत्या गरेको उनको भनाइ छ । घटनाको प्रकृति हेर्दा हत्या भएको हुन सक्ने धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले बताए ।

Sponsored

मेयर यादवका अनुसार छिमेकका एकजनाको मटकोरमा बुधबार राति सतोखर पोखरीमा बालिका रथमै चढेर आएकी थिइन् । त्यहाँ रथबाट २।३ जना युवकले उतारेका थिए । सबै घर फर्केपनि बालिका नफर्केपछि उनको खोजविन परिवारजनले गर्दै इलाका प्रहरी कार्यालय सबैलालाई दिएका थिए ।

खाल्डोको पानी सुकाइएर अहिले घटनास्थलको मुचुल्का गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर लगिने प्रहरीले जनाएको छ ।
घटनामामा संलग्न हुन सक्ने आशंकामा प्रहरीले अनुसन्धानका लागि दुई युवकलाई पक्राउ गरेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *