TodayPati

सीताराम विवाहपञ्चमीको तेश्रो दिन आज धनुष यज्ञ मनाइँदै

टुडेपाटी-
जनकपुरधाम, मंसिर २८ गते ।

सीताराम विवाहपञ्चमी महोत्सवको तेश्रो दिन आज जनकपुरधाममा धनुष यज्ञ मनाइँदै छ । त्रेता युगमा भगवान श्रीरामले धनुषा भाँचेर सीतासँग विवाह भएको धार्मिक मान्यता अनुसार आज भगवान् रामको प्रतिकात्मक रुप धारण गरेका बालबालिकाहरुले पनि धनुष भाँचेर धनुषयज्ञ मनाइँन्छ ।

रामायणमा वर्णन गरिए अनुसार पर्शुरामले मिथिलाका राजा जनकलाई उक्त धनुष प्रदान गरेका थिए । राजा जनकले धनुष उचाल्ने महाशक्तिशालीसँग मात्र छोरी सीताको विवाह गर्ने निधोका साथ धनुषयज्ञ आयोजना गरे । यसमा शक्तिशाली राजा र राजकुमारहरु सहभागी भएपनि कसैले धनुष हल्लाउन सकेनन् ।

Sponsored

अन्त्यमा, आयोध्याबाट घुम्न आएका दशरथ पुत्र श्रीरामले यज्ञमा राखिएको धनुषलाई सहजै उठाएर प्रत्यन्जा लगाउन थालेपछि तीन टुक्रा भएको थियो। धनुषको तीन टुक्रामध्ये एक आकाश, एक धनुषाधाम र एक भारतको गिरिजास्थान गएको धार्मिक विश्वास छ ।

सप्ताहव्यापी विवाहपञ्चमीको पहिलो दिन मंगलबार नगरदर्शन र दोश्रो दिन बुधबार फुलबारी लीला सम्पन्न भइसकेको छ । आज बिहीबार धनुषयज्ञ मनाइँदै छ । चौथो दिन भोली ( शुक्रबार) तिल्कोत्सव, पाँचौदिन शनिबार मटकोर रहेको छ । आइतबार मुख्य दिन विवाह महोत्सव रहेको छ भने सोमबार रामकलेवा गरी विधिवत् रुपमा विवाहपञ्चमी महोत्सव समापन हुनेछ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *