TodayPati

विवाहपञ्चमीको दोश्रो दिन फूलबारी लिला मनाइँयो, भयो राम र जानकीको भेट

टुडेपाटी-
जनकपुरधाम,मंसिर २७ गते ।

सप्ताहव्यापी सीताराम विवाहपञ्चमीको दोश्रो दिन आज जनकपुरधाममा फूलबारी लिला मनाइएको छ । बुधवार जानकी मन्दिर छेउकै विवाह मण्डपको फुलबारीमा भगवान राम, सीता र लक्ष्मण बिच फुलवारीमा भेटघाट गराइएको छ ।

बालबालिकालाई राम, सीता र लक्ष्मणको स्वरुप बनाइ त्रेता युगमा भएको पहिलो राम र सीताको पहिलो भेट झै फूलबारी लिलामा गराइन्छ ।

Sponsored

राम र सीताबीच पहिलो पटक बगैंचामा भेटघाट भएको पौराणिक कथाका आधारमा फूलवारी लिला कार्यक्रम गर्ने प्रचलन छ । साधुसन्त र मिथिलानीहरुको गितगानका बिच बगैंचामा भगवान राम र जानकीको भेटघाटको दृश्य अत्यन्तै मनमोहक हुन्छ ।

सप्ताह व्यापी रुपमा मनाइने महोत्सवको पहिलो दिन नगर दर्शन र दोस्रो दिन फुलवारी लिला सम्पन्न भएको छ ।
भोलि बिहीबार तेश्रो दिन धनुषयज्ञ, चौथो दिन तिलकोत्सव, पाँचौ दिन मटकोर, छैठौ दिन शुभविवाह अर्थात विवाहपञ्चमी र सातौ दिन राम कलेवा गरी विवाहपञ्चमी समापन हुने छ ।

तस्वीर रासस

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *