TodayPati

प्रशासकीय अधिकृत हाजिर गराउने विवादमा गोली लागेर ढले मुखिया

टुडेपाटी-
जनकपुरधाम, मंसिर २७ गते ।

बाराको सिम्रौनगढ नगरपालिकामा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय अन्दाजी २५ वर्षीया लक्ष्मी मुखिया छन् ।

प्रहरीको गोली लागेर गम्भीर घाइते भएका उनको वीरगञ्जको नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए ।

Sponsored

सिम्रौनगढ नगरपालिकाका मेयर किशोरी साह कलवारले प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन लिएर जाने क्रममा एक समूहले हाजिर गर्न अवरोध गरेपछि विवाद भएर झडप भएको थियो ।

झडप भएपछि नियन्त्रणका लागि प्रहरी परिचालन गरिएको थियो । त्यस क्रममा झडप भएपछि प्रहरीले गोली चलाएको हो । प्रहरीको गोली लागेर एक जना घाइते भएका बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए ।

उनका अनुसार झडप नियन्त्रणका लागि प्रयास गरेपछि प्रहरीमाथि ढुंगामुढा भएको थियो । त्यस क्रममा १० जना प्रहरी घाइते भएका छन् । प्रहरीले चलाएको गोली मुखियालाई लागेको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *