TodayPati

विवाहपञ्चमीको दोश्रो दिन आज फूलबारी लिला मनाइँदै

टुडेपाटी
जनकपुरधाम, मंसिर २७ गते ।

सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको दोश्रो दिन आज फूलबारी लिला मनाइँदै छ । फूलबारी लिलामा राम र लक्ष्मणलाई पुष्पबाटिकामा घुमाउने गरिन्छ । आज साँझ जानकी मन्दिरको छेउमा रहेको विवाहमण्डपको फूलबारीमा राम र लक्ष्मणलाई अव्लोकन गराइन्छ ।
यसमा राम र लक्ष्मण र जानकी स्वरुप बनाइएका बालबालिकालाई फूलबारीमा घुमाउने प्रचलन रहेको जानकी मन्दिरका सहमहन्त रामरोशन दास बताउँछन् ।

त्रेता युगमा गुरु विश्वामित्र सहित धनुष यज्ञमा अयोध्यबाट मिथिलाको राजधानी जनकपुरधामा भाग लिन आएका राम र लक्ष्मण फुलबारीमा घुम्न जाँदा राम र सीताको नजर एक अर्कामाथि परेको किम्वदन्ती छ । जहाँ राम र जानकी एक अर्काप्रति आकिर्षत भएको र जानकीले आफूलाई राम जस्तै बर पाउन कामना गरेको भन्ने मान्यता छ ।

Sponsored

सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको पहिलो दिन हिजो राम र लक्ष्मणलाई जानकी मन्दिर परिससरमा नगर दर्शन गराइएको थियो । भोलि बिहीबार तिल्कोत्सव रहेको छ ।

त्रेता युगामा भएको मर्यादा पुरुषोतम् भगवान राम र आदर्श नारी सीताको विवाहको स्मरणमा प्रत्येक वर्ष जनकपुरमा धुमधामसंग विवाहपञ्चमी पर्व मनाइन्छ । यस वर्ष मंसिर २६ गतेबाट सुरु भएको विवाहपञ्चमी पुस २ गतेसम्म चल्ने छ ।

भोलि बिहीबार धनुष यज्ञ, मंसिर २९ गते तिल्कोत्सव, मंसिर ३० गते राम र जानकीको मटकोर र पुस १ गते विवाहपञ्चमी मुख्य दिन रहेको छ । विवाहपञ्चममीमा जन्तीको रुपमा आएका साधुशन्तको पुस २ गते विदाई गरी (रामकलेवा) गरी विधिवत रुपमा सीताराम विवाहपञ्चमी महोत्सव सपमापन हुने छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *