TodayPati

संघीयता कार्यान्वयनका लागि राष्ट्रिय सहमति आवश्यक : देउवा

टुडपाटी-
जनकपुरधाम, मंसिर २५ गते ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संघीयता कार्यान्वयनका लागि सबै दल मिल्नुको बिकल्प नरहेको बताएका छन् । धनुषाको औरही गाउँपालिकामा सोमबार काँग्रेसका पूर्व क्षेत्रीय सभापति स्वर्गीय राजकिशोर सिंहको शालिक अनावरण गर्दै देउवाले राष्ट्रिय सहमतिले मात्र संघीयता कार्यान्वयन प्रभावकारी हुने बताए ।

‘देश संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीमा गइसकेको छ । त्यसैले सफल कार्यान्वयनका लागि राष्ट्रिय सहमति चाहिन्छ । यसको लागि म पहल गर्छु’ उनले भने ।
उनी सो कार्यक्रममा सहभागी हुन नेपाली सेनाको हेलिकप्टरबाट आएका थिए ।

Sponsored

कार्यक्रममा पूर्व उपसभापति विमलेन्द्र निधिले प्रदेश सरकारहरुलाई तत्कालै प्रहरी संगठन हस्तान्तरण गरी संघियता कार्यान्वय गर्नु पर्ने बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *