TodayPati

मधेश प्रदेशः बिजुलीको तार चुँडिएर खस्दा खेत जोतिरहेका किसानको मृत्यु

टुडेपाटी–
जनकपुरधाम, मंसिर २३ गते ।

रौतहटमा खेत जोतिरहेका किसानको करेन्ट लागेर मृत्यु भएको छ ।

११ हजार भोल्टको बिजुलीको तार चुडिएर खस्दा माधवनारायण नगरपालिका ७ लौकहाका ५५ वर्षीय बैजुलाल पण्डितको मृत्यु भएको हो ।

Sponsored

खेत जोतिरहेका बेला करेन्टसहितको बिजुलीको तार खस्दा किसानसँगै गोरु पनि मरेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक झलक शर्माका अनुसार बिहान ११ः४५ बजेको समयमा खेत जोतिरहेका पण्डितमाथि ११ हजार भोल्टको तार चुडेर खसेर घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरीका अनुसार त्यहाँ पहिलेदेखि नै बिजुली सर्ट भएर आगो बल्ने गरेको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *