TodayPati

जनकपुरमा अवैध औसधि पसलेको भागाभाग

टुडेपाटी-
जनकपुरधाम, मंसिर २१ गते ।

मधेश प्रदेशको राजधानी जनकपुरधाममा औसधि व्यवस्था विभागले अनुगमन थालेपछि अवैध औसधि सञ्चालकको भागाभाग भएको छ । औसधि व्यवस्था विभाग शाखा कार्यालय वीरगन्जबाट अधिकृत मुकेन्द्र पजियारको नेतृत्वमा आएको टोलिले गत मंगलबारदेखि औसधि पसल तथा फार्मेसीको अनुगमन गरिरहेको छ ।

सो क्रममा दर्ता बिनै सञ्चालित अधिकांश औसधि पसल सञ्चालक पसल बन्द गरी भागेको विभाग वीरगन्जका शाखा फार्मेसी अधिकृत सर्फराज अहमद खानले बताए ।

Sponsored

उनका अनुसार हस्पिटलको फार्मेसी, हलसेल फार्मेसी र औसधि पसल गरि ६५ वटामा अनुगमन गरिएको छ । जसमा अधिकांश अस्पतालहरुमा आफ्नो फार्मेसी नभएको र सटर भाडामा दिएर बाहिरका व्यक्तिले सञ्चालन गरको पाइएको छ ।


दर्ता भएका केही औसधि पसलमा फर्मासिस्ट नभएको र उपस्थित व्यक्तिले विभिन्न कामले उनीहरु बाहिर रहेको बताएका छन् । उनीहरूलाई फर्मासिस्ट आफै बस्नु पर्ने अथवा अनुपस्थित बेला बन्द वा फर्मासिस्ट बसाएर मात्र जान सुझाब दिएको उनले बताए ।
बिगतमा पनि अनुगमनमा आउँदा अवैध औसधि पसल सञ्चालक बन्द गरेर भाग्ने गरेको टोलिको भनाइ छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *