मधेश प्रदेशमा सेन्सरसहितको ट्राइल सेन्टर बन्छ : मुख्यमन्त्री यादव
टुडेपाटी–
जनकपुरधाम, मंसिर २० गते ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले यातायात कार्यालयमा बिचौलिया हावी भएकाले अब सेन्सरसहितको ट्राइल सेन्टर बनाइने बताएका छन् ।
बुधबार बसेको प्रदेशसभा बैठकमा बोल्दै मुख्यमन्त्री यादवले दिल्लीमा कम्प्युटराईज ट्राइल सेन्टर रहेको भन्दै त्यस्तै किसिमको ट्राइल सेन्टर मधेश प्रदेशमा राख्ने बताए ।
उनले भने, ‘त्यहाँ मानिसलाई केही गर्नै पर्दैन् सबै सेन्सरको मदतले कम्प्युटरबाटै रिजल्ट आउँछ ।
उनले भारतीय एमबेसीद्वारा कुरा गरेर यातायात मन्त्री र सचिवलाई दिल्ली पठाएको भन्दै त्यहाँबाट आएपछि त्यस्तै ट्राइल सेन्टरको व्यवस्था गर्ने बताए ।
Sponsored