केपी ओली कप जितेपछि टिमका खेलाडीलाई मुख्यमन्त्रीद्वारा सम्मान, टिमलाई पाँच लाख दिने घोषणा
टुडेपाटी–
जनकपुरधाम, मंसिर २० गते ।
पोखरामा सम्पन्न केपी ओली कप टी–२० को उपाधी जितेको मधेश प्रदेश क्रिकेट टिमका खेलाडी एवं पदाधिकारीहरुलाई मुख्यमन्त्री सरोजकुमार यादवले सम्मान गरेका छन् ।
उनले आफु आएदेखि नै खेलकुद विकासको लागि प्रतिवद्ध भएको भन्दै प्रदेशका खेलाडीहरुलाई सुविधा दिएर हरेक जिल्लामा खेलकुदको सुदृढ पूर्वाधार खडा गरिने जानकारी दिए ।
सो अवसरमा प्रदेशका विजयी टिमलाई रु पाँच लाख प्रोत्साहनस्वरुप प्रदान गरिने मुख्यन्त्री यादवले घोषणा गरे ।
उक्त अवसरमा मुख्यमन्त्री यादव, प्रदेशसभा सदस्य रामअशिष यादव एवं प्रदेशका प्रमुख सचिव दिनेश कुमार घिमिरेले खेलाडीहरु, प्रशिक्षक एवं पदाधिकारीहरुलाई खादा ओढाई सम्मान गरेका थिए ।
पोखरामा मंसिर १५ गते भएको फाइनल खेलमा मधेश प्रदेशले राष्ट्रिय खेलाडी सामेल त्रिभुवन आर्मी क्लबलाई ११ रनले पराजित गरेको थियो ।
Sponsored