धनुषामा अवैध रुपमा बालुवा उत्खनन् गरिरहेको टिफर र ट्रयाक्टर नियन्त्रणमा
टुडेपाटी–
जनकपुरधाम, मंसिर २० गते ।
धनुषा प्रहरीले अबैध रुपमा नदीबाट बालुवा उत्खनन् गरिरहेको टिफर र ट्रयाक्टर नियन्त्रणमा लिएको छ ।
बुधबार बिहान मिथिला नगरपालिका ३ औरही खोला र बटेश्वर गाउँपालिका ५ बसि खोलामा ईलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाबाट खटिएको गस्ती टोलिले अवैध रुपमा वालुवा उत्खनन् गर्दै गरेको अवस्थामा ना १ क ६९६४ र ज १ त ३६७४ नम्बरको टिफर र ट्रयाक्टरलाई नियन्त्रणमा लिएको छ ।
टिफर र ट्रयाक्टरलाई ईलाका प्रहरी कार्यालय महेन्द्रनगरमा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।