TodayPati

प्रधानमन्त्री प्रचण्ड आज महोत्तरी आउँदै

टुडेपाटी-
जनकपुरधाम, मंसिर १९ गते ।

प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड आज महोत्तरी आउन लागेका छन् ।

महोत्तरीको गौशालामा आयोजना गरिएको नेकपा माओवादी केन्द्रको मधेश प्रदेश पार्टी प्रशिक्षणका लागि उनी आउन लागेका हुन् ।

Sponsored

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्ड आज बिहान ९ बजेको विमानबाट जनकपुर विमानस्थल आउने र त्यहाँबाट सिधै कार्यक्रम स्थल जाने माओवादी धनुषाका नेता दिपक यादवले जानकारी दिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *