TodayPati

धनुषामा फेरि एक महिलाको शव भेटियो

टुडेपाटी-
जनकपुरधाम, मंसिर १७ गते ।

धनुषाको मिथिला नगरपालिकामा एक महिलाको शव फेला परेको छ । मिथिला नगरपालिका–५ स्थित श्रीपुर गाउँबाट पाँच सय मिटर पूर्वमा रहेको औरही खोलाको बाँध छेउमा आईतबार अन्दाजी ३५ वर्षीया महिलाको शव फेला परेको हो ।

मृतक महिलाको पहिचान खुल्न नसकेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । अनुसार आइतबार बेलुकी स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
शव पहिचानका लागि विभिन्न माध्यमबाट प्रयास भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sponsored

गत मंगलबार पनि धनुषामा एक महिलाको शव फेला परेको थियो । धनौजी गाउँपालिका–४ भडरियास्थित आँप घारीको बीचमा रहेको पोखरीमा परालले छोपिएको अवस्थामा अन्दाजी ३५ वर्षीया महिलाको शव फेला परेको थियो। अहिलेसम्म उनको समेत पहिचान खुलेको छैन।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *