TodayPati

जनकपुरमा लापरवाहीको हद : पीसीसी ढलान सडकको बीच-बीचै खुल्ला नाला

टुडपाटी-
जनकपुरधाम, मंसिर १७ गते ।

जनकपुरधाममा पछिल्लो समय पीसीसी ढलान भएका सडकहरुमा चरम लापरबाही देखिएको छ । ठेकेदारले काम सम्पन्न गरिसकेका योजनाको पूर्ण भुक्तानी पाएपनि पीसीसी तथा आरसीसी ढलान भएको सडकको नाला तथा चेम्बर भने खुल्ला नै छाड्ने गरेका छन् । नला तथा चेम्बर खुल्ला छाड्दा यात्री तथा सर्वसाधारणलाई दुर्घटनाको उच्च जोखिम रहेको छ ।

जनकपुरधाम उपमहानर पालिका वडा नं. ९ को साकेत नगरमा संघीय योजना तथा कार्यान्वयन इकाई जनकपुरबाट दुईवर्ष अघि निर्माण भएको पीसीसी ढलान सडकमा महिनौदेखि बीच सडकमा रहेको चेम्बर तथा नाला खुल्ला छाडिएको छ । नक्कली ढक्कन बनाएर ठेकेदारले भुक्तानी पाइसकेका छन् । केही दिनमै फुटेका चेम्बरमा केहीमा समतल नमिलेको तथा केही फुटेर पुनः खुल्ला नै रहेका छन् । थोरै टाढाबाट समेत बीच सडकमा रहेको नाला नदेखिँदा यात्रुलाई दुर्घटनाको उच्च जोखिम छ ।

Sponsored

पछिल्लो समय यस्ता जथाभावी नाला तथा चेम्बर खुला छाड्दा पटक पटक दुर्घटना हुँदै आएको छ । तीनमहिना अघि मात्र जनकपुरधाम उपमहानगरपालिका १५ लोहनाको हजाम टोलमा खुल्ला छाडिएको नालामा स्थानीय रञ्जित मुखियाका दुई वर्षीय छोरा रोहन मुखियाले ज्यान गुमाएका थिए । सो सडक पनि संघीय योजना तथा कार्यान्वयन इकाईकै बजेटबाट निर्माण भएको थियो ।
संघीय योजना तथा कार्यान्वयन इकाइका प्रमुख प्रदीप खनालले नाला तथा चेम्बर खुल्ला रहेको थाहा नपाएको बताए । उनले ठेकेदारलाई निर्देशन दिएर यथासिघ्र लगाउने बताए ।
यस्ता समस्याप्रति स्थानीय जनप्रतिनिधि समेत बेपरवाह छन् । कुनै चाँसो दिएका छैनन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *