धनुषामा महिलाको शंकास्पद मृत्यु
टुडेपाटी–
जनकपुरधाम, मंसिर १७ गते ।
धनुषामा एक महिलाको शंकास्पद मृत्यु भएको छ ।
जिल्लाको सबैला नगरपालिका २ कि २५ वर्षीया पूजा साहको शंकास्पद मृत्यु भएको हो ।
स्थानीय गंगाराम साहकी श्रीमती पूजालाई घाँटीमा चोट लागेको अवस्थामा प्रादेशिक अस्पताल जनकपुरतर्फ लगिएको थियो । तर बाटोमा नै मृत्यु भएको जानकारी आएको प्रहरीको भनाइ छ ।
शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।
महिलाको मृत्युबारे अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रञ्जा अवाले जानकारी दिए ।
Sponsored