महेन्द्रनगरमा ३२ जनाले गरे रक्तदान
टुडेपाटी-
जनकपुरधाम, मंसिर १६ गते ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका स्थित महेन्द्रनगरमा ३२ जनाले रक्तदान गरेका छन् । प्याब्सन नगर इकाई समिति क्षिरेश्वरनाथ नगरपालिका धनुषाको आयोजना, ब्लड फर नेपालको समन्वय र नेपाल रेडक्रस सोसाइटी जनकपुरधामको प्राविधिक सहयोगमा भएको सो कार्यक्रममा १ महिलासहित ३२ जनाले रक्तदान गरेका हुन् ।
बिरामीलाई आवश्यक्ता परेको बेला रगत अभाव हुन नदिने उद्देश्यले रक्तदान कार्यक्रम गरिएको प्याब्सन नगर इकाई समिति क्षिरेश्वरनाथ नगरपालिका धनुषाको अध्यक्ष सुजित कापरीले बताए । रक्तदान कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । गंगोत्री बोर्डिंग स्कुलका संचालक गणेश साहले प्रमाणपत्र वितरण गरेका थिए ।
सरोज महतो संस्थापक रहेको संस्था ब्लड फर नेपाल विगत लामो समयदेखि रगतको विषयमा काम गर्दै आइरहेको छ । मंसिर दुईसाता याता विभिन्न विद्यालयमा पुगेर रक्तदान र रगतको विषयमा सचेतना फैलाउँनुको साथै आधा दर्जन स्थानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको संस्थाका सदस्य जयकृष्ण महतोले बताए ।