महोत्तरीमा एक विघा जग्गामा लगाइएको अवैध गाँजा खेती प्रहरीले गरे नष्ट
टुडेपाटी-
जनकपुरधाम, मंसिर १६ गते ।
महोत्तरी प्रहरीले एक विघा खेतमा लगाएको अवैध गाजा खेती फडानी गरेको छ । शनिबार एकडारा गाउँपालिका वडा नं. ३ अजमरपट्टी र वडा नं. ५ बहेरा स्थित खेतबारीमा लगाइएको अवैध गाँजा खेती प्रहरीले नष्ट गरेको हो ।
जिल्ला प्रहरी कार्यालय महमोत्तरीबाट गएको २५ जना प्रहरीको टोलिले २० कठ्ठामा लगाइएको गाँजाको ३० हजार बोट फडानी गरेको प्रहरी प्रवक्ता दिलीपकुमार गिरीले जानकारी दिए ।
फडानी गरिएको गाँजा जलेश्वर नगरपालिका वडा नं. १ स्थित मनिपाल एजुकेशन एण्ड मेडिकल ग्रुप नेपाल प्रा.लि. को कम्पाउण्डको खाली चौरमा ल्याएर स्थानीय जनप्रतिनिधि तथा भरभलादमीको उपस्थितिमा नष्ट गरेको डिएसपी गिरीले बताए ।
गाँजा खेती कसकसले गरेका हुन् भन्ने अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Sponsored