स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु, स्थानीयले जलाए बस
टुडेपाट-
जनकपुरधाम, मंसिर १६ गते ।
रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ४ का २१ वर्षीय मोहम्मद इर्साद र २१ वर्षीया रुक्सना खातुन छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी मनोहर भट्टका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ४ महुवारीमा आज बिहान सिद्धार्थ बोर्डिङ स्कुलको लु १ क १७७८ नम्बरको बसले लु ३७ प ८४८२ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।
बसको ठक्करबाट मोटरसाइकलमा सवार दुबैजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी २० वर्षीया अप्सरा खातुन गम्भीर घाइते भएकी छन् । घाइतेको भैरहवामा उपचार भइरहेको छ । घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।
Sponsored
घटनापछि स्थानीयले बस जलाएका छन् ।