मधेश प्रदेशः अज्ञात समूहद्वारा मैथिलीका महाकवि विद्यापतिको सालिक तोडफोड
टुडेपाटी–
रौतहट, मंसिर १५ गते ।
अज्ञात समूहले रौतहटको गौर नगरालिकास्थित महाकवि विद्यापतिको सालिक तोडफोड गरेको छ ।
महाकवी विद्यापति स्मारकको शालिकको टाउको फुटाएर अज्ञात समूहले त्यही रहेको पोखरीको पानीमा फालेको पाइएको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटि गएको टोलीले पोखरीको पानीमा विद्यापतिको टाउको भेटाएको हो ।
यस्ता क्रियाकलाप गर्नेलाई कारबाहीको दायरामा ल्याउन स्थानीयले माग गरेका छन्।
घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
Sponsored