TodayPati

मधेश प्रदेश सभामा बाँकी दुई संसदीय समितिको सभापति चयन

टुडेपाटी-
जनकपुरधाम, मंसिर १४ गते ।

मधेश प्रदेश सभामा बाँकी दुई संसदीय संसदीय समितिको सभापति चयन भएका छन् ।

बाँकी रहेको प्रदेश मामिला समितिको सभापतिमा नेकपा एकीकृत समाजवादी पार्टीबाट रतनेश्वर गोईत यादव र कृषि तथा भुमी व्यवस्थापन समितिको सभापतिमा काँग्रेसका संजय कुमार महतो निर्विरोध सभापति चयन भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

Sponsored

यसअघि २ असारमा अन्य पाँच दलबाट पाँचवटा संसदीय समितिको सभापति सहमति मै चयन गरिएको थियो ।

सार्वजनिक लेखा समितिको सभापतिमा प्रमुख प्रतिपक्षी नेकपा एमालेकी मञ्जु थापा, विकास समिति सभापतिमा जसपाका शारदा शंकरप्रसाद कलवार, महिला बालबालिका तथा सामजिक न्याय समितिमा लोसपाकी रुपा कुमारी यादव, अर्थ तथा योजना समितिमा सतिशकुमार सिंह र प्राकृतिक स्रोत तथा वातावरण समितिमा माओवादी केन्द्रकी शारदा पहाडी सभापति चयन भइसकेका छन् ।

प्रदेश सभामा एक बढी संसाद रहेका ७ दलले एक/एकवटा संसदीय समिति लिने सहमति भएपछि सभापति चयन गरिएको हो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *