TodayPati

बटेश्वर गाउँपालिकाले पुरे आफैले खनेको ज्यानमारा खाल्डो

टुडेपाटी-
जनकपुरधाम, मंसिर १३ गते ।

बटेश्वर गाउँपलिकाले आफै खनेको ज्यानमारा खाल्डो बुधबार आंशिक रुपमा पुरेको छ । बुधबार गाउँपालिका अध्यक्ष रामअशिष महतोको निर्देशनमा कार्यालयको डोजरले गहिरो खाल्डो आंशिकरुपमा पुरेको हो ।

जोखिमयुक्त रहेको ठाउँमा माटो पुरेर जोखिममुक्त बनाइएको छ । खनेको गहिरो खल्डोमा पानीको अनुमान नहुँदा खेल्न पुगेका बटेश्वर गाउँपालिका १ धुमासन स्थानीय विनोद महतोका ११ वर्षीय छोरा धिरजको डुबेर मृत्यु भएको थियो ।

Sponsored

भोलिपल्टै पालिका अध्यक्ष महतोसहितका जनप्रतिनिधि र कर्मचारीले खाल्डोको निरक्षण गरी जोखिमयुक्त उक्त खाल्डोलाई यथासिघ्र पुर्ने प्रतिवद्धता गरेका थिए । तर, दुई महिना बढी बित्दासमेत पालिकाले पुर्न चासो नदेखाएपछि आलोचना हुँदै आएको थियो । स्थानीय मिडियाले यस सम्बन्धि समाचार प्रकाशन गरेपछि गाउँपालिका कार्यालयले बुधबार नै खाल्डो आंशिकरुपमा पुरेर जोखिममुक्त बनाएको छ ।

तीनवर्ष अघि बटेश्वर गाउँपलिका कार्यालयले बिगही खोला ठेक्का लगाएपछि बालुवा झिकिएको थियो । त्यसपछि तस्कर िहुँदै गहिरो खाल्डो बनेको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *