मधेश प्रदेशः हत्या आरोपमा ससुरा पक्राउ
टुडेपाटी–
सिरहा, मंसिर १३ गते ।
सिरहा प्रहरीले बुहारीको हत्या आरोपमा ससुरालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका ८ बडकी मझाउ टोलका ५१ वर्षीया रामअशिष दास रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
मंगलबार साँझ लुकीछिपी बसि रहेको अवस्थामा दासलाई पक्राउ गरिएको हो ।
गत कार्तिक २७ गते साँझको समयमा कल्याणपुर ८ बड्की मझाउ स्थितमा बस्ने राजकिशोर दासको श्रीमती २७ वर्षीया संगिता कुमारी दासलाई घरायसी बादबिवादका कारण उनका ससुरा दासले छोरा मेला हेर्न गएको अवस्थामा संगितालाई धारिलो हतियार बन्चरोले टाउकोमा प्रहार गर्दा घटना स्थलमै उनको मृत्यु भएको थियो ।
घटना पश्चात दास फरार रहेका थिए ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।