काँग्रेस मधेश प्रदेश सम्मेलन पुस ५ र ६ गते जनकपुरधाममा हुने
टुडेपाटी-
जनकपुरधाम, मंसिर १२ गते ।
नेपाली काँग्रेस मधेश प्रदेशको सम्मेलन अगामी पुस ५ र ६ गते जनकपुरधाममा हुने भएको छ । काँग्रेस प्रदेश समतिको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
सम्मेलन भव्यता रुपमा सम्मेलन गर्न विभिन्न समिति तथा उपसमिति गठन गर्ने निर्णय भएको काँग्रेस मधेश प्रदेश सुचना संचार तथा प्रचार प्रसार विभागको प्रमुख नितेशकुमार गुप्ताले जानकारी दिए ।
जनकपुरधाम स्थित महेन्द्रनारायण निधी मिथिला संस्कृति केन्द्रमा गर्ने तथा त्यसको प्रमुख अतिथिमा पार्टी सभापति एवं पूवं प्रधानमन्त्री शेर बहादुर देउवालाई आमन्त्रण गर्ने समेत निर्णय गरेको हो ।
प्रदेश सम्मेलनमा राजनितिक साँगठनिक–आर्थिक एवं महामन्त्रीको प्रतिवेदन तयार गर्न मस्यौदा तयारी उपसमितिहरु गठन, वडा तहदेखि जिल्लासम्म सम्मेलन गर्न बाकी रहेको तहहरुलाई सम्मेलन सम्पन्न गर्न र प्रदेश सम्मेलन प्रतिनिधि छनोट गरी जानकारी गराउन परिपत्र गर्ने निर्णय गरिएको जनाएको छ ।
मंगलबार काँग्रेस मधेश प्रदेशको पार्टी कार्यालयमा प्रदेश सभापति एवं मधेश प्रदेश सरकारमा भौतिक पूर्वाधार विकास मन्त्री कृष्णप्रसाद यादवको अध्यक्षमा पूर्ण बैठक बसेको थियो ।
Sponsored